Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आज १ बजेभित्र मनोनयन दर्ता गराउँदै रास्वपाका उम्मेदवार मिलन लिम्बु

    आज १ बजेभित्र मनोनयन दर्ता गराउँदै रास्वपाका उम्मेदवार मिलन लिम्बु

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 540
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुले आज एक बजेभित्र मनोनयन दर्ता गराउँदै छन् ।

    मनोनयन दर्तासम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै उनले बिहान ११ बजेसम्म पार्टी अफिसमा भेला हुने र साढे ११ बजे पार्टी अफिसबाट मनोनयनको लागी र्‍याली सहित जाने जानकारी गराएका हुन् ।



    निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि १२ बजे देखि १ बजे भित्र मनोनयन दर्ता गराइसक्ने उनको भनाइ छ ।



    त्यसपछि २ बजेभित्र पार्टी कार्यालय आईपुग्ने र २ बजे देखि ४ बजे सम्म उम्मेदवार सँग भलाकुसारी तथा भेटघाट कार्यक्रम राखिएको छ ।
    यस्तै ४ बजे देखि पार्टी कार्यालयमा केन्द्रीय नेताहरूद्वारा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार