Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बेंग्लोरमाथि राजस्थानको सानदार जित

    बेंग्लोरमाथि राजस्थानको सानदार जित

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 273
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लुलोरमाथि ६ विकेटको सानदार जित हात पारेकोछ ।

    १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे ।



    कप्तान संजु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए । बेंग्लोरका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एक/एक विकेट लिए ।



    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंग्लोरले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो । विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रनमा नटआउट रहेपनि जित्नका लागि जुत्न पर्याप्त रहेन ।

    फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिए । राजस्थान ४ खेलमा अपराजित रहेर शीर्ष स्थानमा छ ।

    कोलकाता ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । बेंग्लोर ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ । मुम्बइ ३ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार