Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईपीएलमा दिल्लीलाई हराउँदै मुम्बईको पहिलो जित

    आईपीएलमा दिल्लीलाई हराउँदै मुम्बईको पहिलो जित

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 366
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

    २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट रहे ।



    पृथ्वी शाले ४० बलमा ८ चौका र ३ छक्कासहित ६६, डेविड वार्नर १० र अभिषेक पोरेलले ४१ रन बनाए । मुम्बईका जेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए ।



    जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए । त्यसअघि वानखडे स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।

    टिम डेविड २१ बलमा २ चौका र ४ छक्कासहित ४५ रनमा नट आउट रहे । रोमारियो शेफर्ड १० बलमा ३ चौका र ४ छक्कासहित ३९ रनमा नट आउट रहे ।

    अन्तिम ओभरमा शेफर्डले एनरिच नोर्कियालाई ३२ रन हान्नु खेलको टर्निङ प्वाइन्ट बनेको थियो ।

    रोहित शर्मा ४९, ईशान किशन ४२ र हार्दिक पान्ड्या ३९ रनमा आउट भए । दिल्लीका अक्षर पटेल र एनरिच नोर्कियाले २–२ विकेट लिए । खलिल अहमदले १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार