Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बिहे गर्न इमानदार र सुन्दर जीवनसाथी खोज्दै नोरा

एजेन्सी । बलिउडकी डान्सिङ गर्ल नोरा फतेही यतिबेला बिहे गर्ने सुर कसिरहेकी छिन् ।

विवाहका लागि आफूले इमानदार र सुन्दर जीवनसाथी खोजिरहेको नोराले हालै एक अन्तरवार्तामा खुलाएकी हुन् ।

अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत जीवन अनि विवाहप्रतिको धारणाबारे खुलेर कुरा गरेकी थिइन् ।

उनले भनेकी छिन्, ‘म भगवानप्रति विश्वास गर्ने जीवनसाथीको खोजीमा छु। मेरो लागि पैसा पछिको कुरा हो । त्यो भन्दा पहिले व्यक्तिको मन राम्रो हुन जरुरी छ ।’

आफ्नो जीवनसाथीमा कुन–कुन गुण हेर्न चाहन्छिन् भनेर सोधिएको प्रश्नमा नोराले कयौँ विषयमा आफ्नो सोच्ने तरिका पूर्णरुपमा बदलिएको भएपनि प्रेम र विवाहबारे धारणा पुरानो धारणा रहेको अनि बिहे गरेर घर बसाउन चाहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077