Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ब्याटिङ नचल्दा आईपिएलमा कोलकाताको पहिलो हार

    ब्याटिङ नचल्दा आईपिएलमा कोलकाताको पहिलो हार

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 447
    SHARES

    काठमाडौं । चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ ।

    सोमबार राति भएको खेलमा चेन्नाई सुपर किंग्ससँग कोलकाता ७ विकेटले पराजित भएको हो ।



    लगातार तीन खेल शानदार ढंगले जितेको कोलकाता साविक विजेता चेन्नईसँग स्तब्ध भएको हो ।



    टस जितेर सुरुमा फिल्ड रोजेको चेन्नाईले कोलकातालाई १३७ रनमा समेटेको थियो । पूरै २० ओभर खेलेको कोलकाताले ९ विकेटको क्षतिमा १३७ रन मात्र बनाएपछि चेन्नईले सहज जित दर्ता गरेको हो ।

    कोलकातालाई सस्तैमा समेट्न चेन्नईका रविन्द्र जडेजा र तुषार देशपाण्डेले ३–३ विकेट लिए । मुस्ताफिर रहमानले २ विकेट लिँदा महेश थेक्षानाले १ विकेट हात पारे ।

    १३८ रनको लक्ष्य पछ्याएको चेन्नईको जितका लागि कप्तान रुतुराज गायकवाडले ५८ बलको सामना गर्दै ९ चौकाको मद्दतमा नटआउट सर्वाधिक ६७ रन बनाए ।

    उनको शानदार अर्धशतकमा चेन्नईले कोलकातामाथि १४ बल बाँकी हुँदै ३ विकेटको क्षतिमा १४१ रन बनाएर शानदार जित निकालेको हो । कोलकाताका लागि वैभव अरोराले २ र सुनिल नारायणले १ विकेट लिए ।

    यो जितसँगै चेन्नई पाँच खेलमा तीन जितसहित ६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । पहिलो हार खाएको कोलकाता चार खेलमा तीन जित निकाल्दै तालिकाको दोस्रो स्थानमा छ ।

    आईपिएल अन्तर्गत मंगलबार साँझ पञ्जाब किंग्स र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार