Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न सबै एक हुनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतम गर्ने राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बबताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित विरोध प्रदर्शनको क्रममा निषेधाज्ञालाई स्वीकार नगर्ने र त्यसलाई तोड्ने घोषणालाई जनमोर्चाले गम्भीर रूपमा लिएको बताएका हुन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी लामो संघर्षद्वारा स्थापित गणतन्त्र संविधान, धर्मनिरपेक्षतालाई खतम गरेर देशलाई प्रतिगमन तर्फ लैजानका लागि राजावादी शक्तिहरुले योजनाबद्ध ढंगबाट यो काम गरिरहेको जनाएका छन् ।

साथै उनीहरुको प्रतिगामी गतिविधिलाई भारतीय साम्राज्यवादले पनि समर्थन गर्दै आएको जनमोर्चाले आरोप लगाएको छ ।

अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,‘२०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरुमाथि प्रहार गरेर ती उपलब्धिहरुलाई उल्टाउन चैत २७ गतेको कार्यक्रम आयोजना गरिएको कुरामा कुनै शंका छैन।’

राप्रपा लगायत राजावादी शक्तिहरुको गणतन्त्र खतम गर्ने षड्यन्त्रलाई चकनाचुर पार्न उनले सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077