Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मनिषा कोइराला स्टारर‘हीरामण्डी’को ट्रेलर सार्वजनिक

काठमाडौं । सञ्जयलीला भन्सालीको बहुप्रतिक्षित श्रृंखला ‘हीरामण्डी : द डायमण्ड बजार’ को ट्रेलर सार्वजनिक भएको छ ।

पाकिस्तानको शाही इलाका हिरामण्डीमा आधारित यो श्रृंखलामा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ देखाइएको छ ।

ट्रेलरमा मल्लिका जान (मनिषा कोइराला) हीरामण्डीमा एक्लै छिन्, जसले उच्च वर्गका दरबारको घरमा शासन गर्छिन् ।

भन्सालीको यो श्रृंखला यसवर्षको बहुप्रतीक्षित वेबसिरिजमध्ये एक हो ।

यो श्रृंखलाले सन् १९४० को दशकमा ब्रिटिस राज विरुद्धको भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा लाहोरको हिरामंडीको रेडलाइट एरियामा यौनकर्मी महिलाको जीवनलाई हाइलाइट गर्छ ।

सिरिजलाई भन्साली र मिताक्षरा कुमारले निर्देशन गरेका हुन् । भन्साली यो सिरिजमार्फत ओटीटी डेब्यू गर्दैछन् ।

सिरिजमा सोनाक्षी सिन्हा, मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चड्डा, अध्यायन सुमन, शेखर सुमन, फरदीन खान, सञ्जीदा शेख र तह शाह बदुशाको मुख्य भूमिका छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077