Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस नेता सिंहले भने - गृहमन्त्री लामिछानेले राजीनामा दिनैपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारी ठगीको विषयमा प्रश्न उठेकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधबार बिहान बुद्धनगरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने उनले बताए ।

जेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै उनले रविलाई पनि राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिए ।

नेता सिंहले भने,‘सहकारीको रकम अपचलनको विषयमा जोमाथि शङ्का भइरहेको छ, उही हाकिम भएर बस्न मिल्छ र ? शङ्का उठिसकेकाले छानबिन गर्नुपर्‍यो नि त ।’

कांग्रेसलाई संसदीय अभ्यास थाहा भएको भन्दै सहकारी प्रकरणमा संसदीय छानबिन समितिका लागि संसद् अवरोध जारी राखेको बताए ।

कांग्रेसलाई कसैले संसदीय पाठ नसिकाउन समेत उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077