Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सांसद थापाले भने - एक जना पनि सहकारीको बचतकर्ता ठगिनु हुँदैन

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको मुद्दा अदालतमा विचाराधीन भएकाले सदनमा बहस गर्न नहुने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । सांसद थापाले एक जना पनि सहकारीको बचतकर्ता ठगिन नहुने बताए।

सांसद थापाले भने,‘सहकारीका बचतकर्ता ठगिन हुन्न। उनीहरू नठगिने सुनिश्चितता सरकार र यो संसदले निकायहरूलाई निर्देशन दिएर हुन्छ कि कानून बनाएर हुन्छ के गरेर हुन्छ हामीले गर्नुपर्छ। यो हैसियत संसदले राख्नुपर्छ । हामीले त्यसो गर्न सकेनौं भने यो सहकारीका सन्दर्भमा सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोसिसअन्तर्गत उठाइएको एउटा अरन्य रोदन हुनेछ। यो अरन्य रोदनले देशलाई केही परिणाम दिने छैन।’

उनले सरकार र संसदले निकायहरूलाई निर्देशन दिएर हुन्छ कि कानून बनाएर हुन्छ सहकारीका बचतकर्ता नठगिने सुनिश्चितता गर्नुपर्ने बताए। उनले सहकारीको विषय व्यक्तिकेन्द्रिय विषय नभएको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077