Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसको नियत गठबन्धनमा भ्वाङ पार्ने मात्रै देखियो : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले रवि लामिछाने प्रतिपक्षबाट सत्तामा आएका कारण कांग्रेसले प्रहार गरिरहेको दाबी गरेका छन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । सहकारी ठगीको विषयमा नेपाली कांग्रेसको नियत सत्ता गठबन्धनमा भ्वाङ पार्ने देखिएको उनको भनाई छ ।

सांसद थापाले सहकारीका वचतकर्ता नठगिने सुनिश्चितताका लागि संसद्ले सरकारलाई निर्देशन दिनुपर्ने बताए ।

सांसद थापाले भने,‘सहकारीको सन्दर्भमा गरेको अनन्त रोदन सत्ता गठबन्धनमा भ्वाङ पार्ने उदेश्यका साथ गरिएको हो । रवि लामिछाने या कोही व्यक्ति प्रतिपक्षबाट सत्ता पक्षमा आएका कारण गरिएको व्यक्ति केन्द्रित प्रहारको औचित्य छैन ।’

सहकारी गठीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर कांग्रेसले गठबन्धनमा भ्वाङ पार्न खोजेको उनले आरोप लगाए ।

यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले सहकारी ठगीबारे बोल्न सत्तापक्षका सांसदलाई चुनौती दिएका थिए । सहकारी ठगीमा मुछिएका लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले वैशाख ६ देखि संसद्मा यो कुरा उठाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077