Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमालेका प्रमुख सचेतक बर्तौलाले भने - कांग्रेसको नियतमाथि छानविन गर्न समिति बनाऔँ

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसको नियतमाथि छानविन गर्न समिति बनाउनु पर्ने बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकपछि बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन् । प्रमुख सचेतक बर्तौलाले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानविन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानविन गर्नुपर्ने बताए।

सचेतक बर्तौलाले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानविन भएन भनेर प्रश्न गरे।

प्रमुख सचेतक बर्तौलाले भने,‘संसद् विधिबाट स्थापित मान्यताबाट चल्छ । स्थापित विधि र मान्यतालाई धज्जी उडाउँदै प्रमुख प्रतिपक्षले यसरी संसद्का महत्वपूर्ण बिजनेसहरु, महत्वपूर्ण कामहरुलाई अवरोध गर्ने गरी जे कामहरु गरिराख्नुभएको छ ।'

उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए ।

प्रमुख सचेतक बर्तौलाले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको समेत बताए ।

उनले कांग्रेस सरकारमा हुँदा पट्टी बाँधेर बसेको, र बाहिर आउने बित्तिकै प्रश्न उठाउन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077