Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आज चैत २९ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

    आज चैत २९ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । आज २०८० साल चैत २९ गते बिहीबारको राशिफल ।

    मेष : अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। हिम्मत गरेमा मेहनतको फल प्राप्त हुनेछ। यात्रा सफल हुने दिन छ।



    वृष : लगानी गर्नका लागि केही दिन कुर्नु राम्रो हुन्छ। कर्म क्षेत्रको प्रयासबाट भने फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्धबाट राम्रो सहयोग प्राप्त हुनेछ।



    मिथुन : राम्रो सोच बनाएर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ। सामाजिक कार्यमा सम्मान प्राप्त हुनेछ।

    कर्कट : दैनिक काममा प्रगति हुनेछ। धार्मिक कार्यमा मन जानेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारको साथ र सहयोग भने राम्रो देखिन्छ। कर्मक्षेत्रमा मेहनत बढी गर्नुपर्ने दिन छ।

    सिंह : प्रेम सम्बन्ध सुखमय बन्नेछ। एउटा कुराबाट दोहोरो लाभ प्राप्त हुनसक्छ। श्रम गरेका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा राम्रो उन्नति हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

    कन्या : खर्च बढ्ने दिन छ। लगानीका क्षेत्र सबल छन्। तपाईंको विदेश यात्राको बाटो खुल्नेछ। शिक्षामा फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    तुला : शेयरमा फाइदा हुनेछ। चर्को प्रतिस्पर्धाको लाभ तपाईंको हातमा पर्नेछ। मित्रको साथ मिल्नेछ। विरोध साम्य हुनेछ। रोजगारमा सफलता प्राप्त हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

    वृश्चिक : नयाँ कामको सुरुवात गर्नुपर्ने दिन हो। शेयर बजारमा फाइदा हुनेछ। दाजुभाइबाट सहकार्य हुनसक्छ। वैदेशिक क्षेत्रमा भने ठगबाट जोगिनुपर्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

    धनु : श्रमको उचित मूल्यांक हुनेछछ। अचानक राम्रो खबर सुन्ने योग छ। लगानी भएमा आर्थिक र सामाजिक क्षेत्र अब्बल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मकर : व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। निर्णय क्षमता कमजोर हुँदा समस्या आइपर्न सक्छ। अप्ठेरो परिस्थितिमा परिवारले साथ दिनेछन्। सामाजिक क्षेत्रमा भने विवादका स्वर सुन्नुपर्ने दिन छ।

    कुम्भ : रोजगारीको नयाँ अवसर सिर्जना हुनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारबाट भने सुख र शान्ति मिल्नेछ। सजिलैसँग अरुको मन जित्न सकिनेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला।

    मीन : धार्मिक कार्यमा मन जानेछ। नसोचेका व्यक्तिले सहयोग गर्नेछन्। समान लिंगीसँग भन्दा विपरित लिंगीसँग गरेको सहकार्यले फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग राम्रो रहनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार