Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पिएसजीमाथि बार्सिलोनाको जित

    पिएसजीमाथि बार्सिलोनाको जित

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 288
    SHARES

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेञ्च क्लब पिएसजीलाई पराजित गरेको छ।

    बुधबार राति भएको खेलमा बार्सिलोनाले ३-२ गोलको जित निकालेको हो। खेलको ३७ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।



    तर ४८ मिनेटमा पिएसजीका लागि डेम्बेलेले बराबरी गोल गर्न सफल भए। ५१ मिनेटम भिटिन्हाले गोल गरेपछि पिएसजीले खेलमा अग्रता लियो।



    ६२ मिनेटमा राफिन्हाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा आयो। ७७ मिनेटमा क्रिस्टिनसन अर्को गोल गरेपछि बार्सिलोना विजयी भयो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार