Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकार सहकारी ठगीमा मुछिएका गृहमन्त्रीलाई जोगाउनतर्फ लाग्यो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई जोगाउनतर्फ लागेको आरोप लगाएका छन् ।

नयाँ वर्षको अवसरमा आज नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको उनको भनाई छ ।

सरकारका मन्त्रीहरूमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यासभित्रै पर्ने नेता सिंहले बताए ।

तर सरकारले रविमाथि छानबिनका लागि संसदीय समिति बनाउन नचाहनुले सरकार संसद्को क्षेत्राधिकार माथि नै प्रहार गरिरहेको भनेर बुझ्नुपर्ने उनको भनाइ छ ।

नेता सिंहले भने, ‘सरकारले संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि हट्दैन ।’

जनताको आशा भरोसा कांग्रेसप्रति भएकाले गुनासो पनि कांग्रेससँगै भएको भन्दै नेता सिंहले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।

राष्ट्रिय राजनीतिमा आउने गतिरोध अन्त्य र जनताका गुनासा सम्बोधनका लागि कांग्रेसले सधैं अभिभावकीय भूमिका निर्वाह गर्दै आएको भन्दै सहकारी पीडितलाई न्याय दिन पनि कांग्रेसले पहल लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077