Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई क्षतिपूर्ति भराइने

काठमाडौं । गृह मन्त्रालयले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरूबाट क्षतिपूर्ति भराउने भएको छ ।

गृहमन्त्री रवि लामिछानका अनुसारआन्दोलनका क्रममा भएका हुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने र सरकारी बाँकीसरह उठाउने निर्णय भएको हो ।

शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान रहेको तर आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।

'मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ । बिल चाँडै पठाइने छ,' लामिछानले फेसबुकमार्फत भनेका छन् ।

यस्तै सरकारले काठमाडौंस्थित माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077