Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लखनउमाथि दिल्लीको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ।

लखनउ सुपर जाइन्टमाथि दिल्लीले ६ विकेटको जित निकालेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १६७ रन बनाएको थियो।

१६८ रनको चुनौती पाएको दिल्लीले १८.१ ओभरमा ४ विकेटको क्षतिमा १७० रन बनाउँदै ६ विकेटको शानदार जित निकालेको हो।

शुक्रबारको खेलमा विजयी भएसँगै दिल्लीले ६ खेलमा दुई जितसहित ४ अंक जोडेको छ। दिल्ली अन्तिमबाट दोस्रो स्थानमा छ।

पाँच खेल खेलेको लखनउ तीन जितसहित ६ अंकका साथ तालिकाको चौंथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077