Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मुलुकको नवनिर्माणमा जुट्न सभामुख घिमिरेको अपिल

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८१ ले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप तथा भाइचारा सम्बन्ध विकासमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आज जारी गरेका शुभकामना सन्देशमा नयाँ वर्ष २०८१ प्रारम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

सभामुख घिमिरले नयाँ वर्षमा नयाँ जोस, जाँगर, उमङ्ग र उत्साहका साथ समृद्धि, सुशासन तथा मुलुकको नवनिर्माणमा जुट्न हार्दिक अपिल गरेका छन् ।

“जबसम्म मुलुकमा आर्थिक, सामाजिक, भौतिकसँगै नागरिकको जीवनस्तर उकासिँदैन तबसम्म देश समृद्ध भएको मानिँदैन,” शुभकामना सन्देशमा उल्लेख छ, “व्यक्तिगत सुख, समृद्धि र रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू प्रवासी जीवन रोज्न बाध्य बनिरहेको विद्यमान अवस्थामा राजनीतिक नेतृत्वले जनतालाई केन्द्र बनाएर नीति र योजना बनाउन जरुरी छ ।”

लोकतन्त्रको प्रवद्र्धन र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न नेपालले प्राप्त गरेका सफलता विश्वमा नै उदाहरणीय रहको र अब मुलुकलाई विकास र समृद्धिको युगतर्फ अगाडि बढाउन राजनीतिक दलहरूबीच उच्चस्तरीय समझदारी, आवश्यक विवेक र क्षमता प्रदर्शनको प्रयत्न अपेक्षित रहेको सभामुख घिमिरेको सन्देशमा उल्लेख छ । विकास, समृद्धि र सुशासनका पक्षमा नेपालको सङ्घीय संसद् गुणस्तरीय कानुन निर्माणमा सदैव प्रयत्नशील रहेको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077