Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने अध्यक्ष दाहालको विश्वास

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

नयाँ वर्षसँगै देशमा शान्ति, सुशासन र सुव्यवस्था सुदृढ हुने साथै समृद्धि र विकासका सम्भावना खुल्दै जानेछन् ।

सबै नेपालीमा सकारात्मक सोच, आपसी भाइचारा र राष्ट्र प्रेमको भावना विकास हुनेछ भन्ने मैले विश्वास लिएको छु उनले सन्देश मार्फत भने ।

नयाँ वर्ष विसं २०८१ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077