Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायललाई युद्धका लागि सहयोग गर्ने देशलाई नछाड्ने इरानको चेतावनी

काठमाडौं । इरानले आफ्नो देशमा आक्रमणका लागि जमिन तथा आकाश सहयोग गर्न दिने देशलाई नछाड्ने चेतावनी दिएको छ।

इरानले इजरायललाई आक्रमण गरेसँगै यस्तो चेतावनी आएको हो । इरानमा आक्रमण गर्न कुनैपनि देशको आकाश तथा जमिन प्रयोग भएमा त्यो ठीक नहुने इरानले बताएको छ।

इरानी रक्षामन्त्री महोमद रेजा अस्तियानीले अरबिक देशहरूलाई संकेत गरेर यस्तो चेतावनी दिएका हुन् । गत अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसमा भएको इरानी महावाणिज्यदूतावासमा हमला गरेपछि इरानले आज प्रतिकार गरेको हो ।

इरानले ३०० हाराहारी ड्रोन तथा मिसाइल इजरायलमा प्रहार गरेको छ । इरानी हमलालाई इजरायल, अमेरिकी तथा बेलायतले संयुक्तरूपमा मिलेर रक्षा गरेका थिए ।

सबैजसो इरानी मिसाइल खसालिएको इजरायल र अमेरिकाको दाबी छ । तर, इरानले भने इजरायली सैन्य अखडामा उचित प्रहार गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077