Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकैपटक ५ सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले पाँच जना सचिवको सरूवा गरेको छ।

चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले पाँच जना सचिवको सरूवा गर्ने निर्णय गरेको हो।

प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका दिनेश भट्टराईको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरूवा भएको छ।

मन्त्रिपरिषद कार्यालयमै रहेका अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रूपमा सरूवा भएको हो।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेका सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएको छ।

उपराष्ट्रपति कार्यालयमा रहेका मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र त्यहाँ रहेका विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077