Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • थ्रेसरमा च्यापिएर महिलाको मृत्यु, चालक पक्राउ

    थ्रेसरमा च्यापिएर महिलाको मृत्यु, चालक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 2.1K
    SHARES

    फाइल फोटो

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा गहुँ चुट्ने क्रममा थ्रेसर मशिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर आइतवार भीमदत्त–९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिए ।



    घटनापछि प्रहरीले ट्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



    ‘महिलाको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको छ’, प्रवक्ता जोशीले भने ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार