Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संघीय संसद्बाट कानुन निर्माणमा ढिलाइ भयो : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्बाट कानुन निर्माणमा ढिलाइ भएको बताएका छन् ।

संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले कानुन निर्माणको काम जुन गतिमा हुनुपर्ने हो त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाए ।

संविधान निर्माणसँगै देशमा संघीय शासन प्रणालीको सुरुवात भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैं बाँकी रहनु ठिक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077