Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हैदरावादले फेरि बनायो आईपीएलकै कीर्तिमानी योगफल

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुसामु २८८ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।

दुई साताअघि आफैले बनाएको २७७ रनको रेकर्ड तोड्दै हैदरावादले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरुमाथि ३ विकेटको क्षतिमा २८७ रन जोडेको हो।

आइपिएल इतिहासकै सर्वाधिक स्कोर बनाएको हैदरावादका लागि अस्ट्रेलियन ब्याटर ट्राभिस हेडले शतक प्रहार गरे। उनले ४१ बलमा १०२ रन बनाउने क्रममा ९ चौका र ८ छक्का प्रहार गरे।

अभिषेक शर्माले २२ बलमा ३४ रन जोड्दा हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६७ रन जोडे।

एडिन मक्रमले १७ बलमा नटआउट ३२ रन र अब्दुल समादले १० बलमा नटआउट ३७ रन जोड्दा ४ चौका र ३ छक्का प्रहार गरे।

हैदरावादले कीर्तिमानी २२ छक्का र १९ चौका प्रहार गर्‍यो। यसअघि हैदराबादले यसै सिजन मुम्बई इन्डियन्सविरुद्ध २७७ रन बनाउदै यो कीर्तिमान कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077