Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियामा २३ किलो चरेससहित एकजना पक्राउ

काठमाडौँ । बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ घर भएका ३४ वर्षीय बमबहादुर पुन छन्।

मङ्गलबार बिहान उनलाई बर्दियाको बडैयाताल गाउँपालिका वडा नं २ फुटाहा स्थित सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको बीओपी फुटाले उनको साथबाट ३९ वटा प्याकेटमा रहेको २३ किलो लागू औषध चरेस बरामद गरेको छ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077