Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एमाले नै वर्तमान सरकारको विकल्प खोज्न थालेको छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नयाँ सरकारप्रति जनतामा कुनै उत्साह नरहेको बताएका छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले जनतामा आशा जगाउनकै लागि कांग्रेसले अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने अवस्थाबारे चर्चा गरेको दाबी गरे ।

प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउन नसकेको र विकल्प खोज्ने विषयमा छलफल सुरु भएको बताए ।

प्रवक्ता महतले भने,‘यो सरकारप्रति जनतामा कुनै आशा छैन, न उत्साह नै छ । यसको विकल्प खोज्नुपर्छ भनेर कांग्रेसले मात्रै भनेको होइन, सत्तामै भएका दलहरू र स्वयम् एमालेले समेत यो सरकारको विकल्पबारे छलफल थालिसकेको छ ।’

उनले सरकारमा भएकै दलभित्रपनि सरकारप्रतिको निराशा रहेको छर्लङ्ग बाहिर आइरहेको बताए ।

प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगी सम्बन्धी आरोपमा गृह मन्त्रालयभन्दा फरक संयन्त्रबाट अनुसन्धान भएमात्रै विश्वास गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077