Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो – सार्वजनिक जग्गा फिर्ता ल्याउन भएका उपलब्धिको विवरण दैनिक पठाउनू

काठमाडौं । गृह मन्त्रालयले सरकारी तथा सार्वजनिक सम्पत्ति र जग्गा साविककै अवस्थामा ल्याउन गरिएका काम–कारबाहीबारे भएका उपलब्धिको विवरण दैनिक रुपमा पठाउन सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

अपराध तथा शान्ति सुरक्षा शाखाका शाखा अधिकृत दिनेश न्यौपानेले शुक्रवार विज्ञप्ति जारी गर्दै अतिक्रमण गर्ने व्यक्ति वा संस्थाको नाम ठेगाना पनि पठाउन अनुरोध गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘व्यक्ति वा संस्थाले गैरकानूनी रुपमा अतिक्रमण गरेका सरकारी तथा सार्वजनिक जग्गाको विवरण, त्यसरी अतिक्रमण गर्ने व्यक्ति वा संस्थाको नाम ठेगाना, त्यस्तो जग्गा वा सरकारी सम्पत्ति साविककै अवस्थामा फिर्ता ल्याउन गरिएका काम कारबाही र फिर्ता ल्याएको जग्गा तथा जुनसुकै प्रकारको सम्पत्तिको परिमाण सहितको प्रतिवेदन दैनिक रुपमा मन्त्रालयमा पठाउनुहुन अनुरोध छ।’

सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने दोषीमाथि कानूनबमोजिम कारबाही गर्न–गराउन सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्न यसअघि पत्राचार गरिसकिएको पनि गृहले स्मरण गराएको छ ।

यसअघि नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री भएको बेला गत फागुनमा मन्त्रालयले कसैले सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी रुपमा दर्ता गरेको पाइएको भए सरकारलाई जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077