Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रविप्रति लक्षित गर्दै भट्टराईले भने–नयाँ राजनीतिक शक्तिबाट देश विकास हुँदैन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणालीमा गएमात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको बताएका हुन्।

आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको बताए।

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरु धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाईलहरुको हालसम्म कुनै टुङ्गोमा पुर्‍याउन नसकेको उनको भनाई छ।

उनले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको जिकिर गरे।

उनले नयाँ भनिएका शक्तिहरुको उपयुक्तता नहुने भन्दै अब देशको विकासका आफ्नो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077