Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आफैं चढेको ट्याक्टरले किचेर युवकको मृत्यु

    आफैं चढेको ट्याक्टरले किचेर युवकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 1.9K
    SHARES

    फाइल तस्विर

    बैतडी । बैतडीमा ट्याक्टरले किचेर एक युवकको ज्यान गएको छ ।

    मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।



    डिलासैनी-१ ब्रमबाट सीमातर्फ गइरहेको सुपप्र ०१००२ त ४६८६ नम्बरको ट्याक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आज दिउँसो २ बजे भट्टलाई ट्र्याक्टरले किचेको थियो ।



    ट्याक्टकरको ढालामा बसेका नरेन्द्र एक्कासि खसेका र ट्याक्टरको पछाडिको टायरले किचेको थियो । टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।

    घटनालगत्तै सीमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली गएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार