Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कम्युनिष्ट एकताका लागि निरन्तर पहल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    कम्युनिष्ट एकताका लागि निरन्तर पहल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 222
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पटक असफल भए पनि कम्युनिष्ट पार्टीबीच एकताको लागि निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् ।

    नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले ७४ को एकता विविध कारणले बचाउन नसकिए पनि प्रयास गरिरहनुपर्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘कम्युनिष्टबीच एकता गर्नुपर्छ भन्ने चेतनाको साथ २०७४ सालको चुनावमा हामीले प्रयोग पनि गर्यौं । त्यो एकताको प्रयोग थियो । आम जनताले अनुमोदन पनि गरेका थिए तर, विविध कारणले बचाउन सकिएन । एकपटक असफल भयो भन्दैमा एकताको प्रयास छोड्न हुँदैन। निरन्तर प्रयास गर्नुपर्छ ।’



    राष्ट्रिय स्वाधिनताको विषय, त्यसको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नभएको भन्दै उनले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने धारणा राखे।

    उनले कम्युनिष्टहरूलाई एकतावद्ध गर्नु नै देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गरे ।

    वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने प्रचण्डको भनाइ थियो । राष्ट्रिय स्वाधीनता, सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको प्रधानमन्त्रीले बताए ।

    समाजवादप्रति कम्युनिष्टहरू एकतावद्ध भए पनि यसलाई कसरी प्राप्त गर्ने भन्नेमा फरक मत भएको पनि उनले बताए । कम्युनिष्ट आन्दोलन वैचारिक बहसकै बीचबाट निर्मित हुने प्रधानमन्त्री प्रचण्डको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार