Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रमा किन रोकियो डिआइजी र एसएसपीको सरुवा ?

काठमाडौं । सशस्त्र प्रहरी बलमा एक वर्षमा हुनुपर्ने डिआइजी र एसएसपीको सरुवा एक वर्ष पुग्दा पनि हुन सकेको छैन । गृह मन्त्रालयले नै सरुवामा चासो नदिएको स्रोत बताउँछ ।

कोशी, मधेस र उपत्यका बाहिनीमा कार्यरत डिआइजीको अवधि १४ महिना भइसकेको छ । कोशीमा डिआइजी अञ्जनीकुमार पोखरेल, मधेसमा दिपेन्द्र शाह र उपत्यकामा पुरुषोत्तम थापा कार्यरत छन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजीहरु प्रदेश जाने तरखरमा छन् । जसमा शम्भु सुवेदी, किशोर प्रधान, कमल गिरी लगायत छन् । कसलाई कुन बाहिनीमा पठाउने विषय टुंगो नलाग्दा निर्णय हुन नसकेको हो ।

लुम्बिनी प्रदेशका डिआइजी अभि कुमार खत्रीको पनि जागिर करिब चार महिना मात्र बाँकी रहेकाले उनको पनि सरुवा हुने सम्भावना छ ।

त्यस्तै, एसएसपीको पनि १४ महिना भइसकेको छ । कुरिनटार, ककनी र पोखरा तालिम केन्द्र जान एसएसपीहरुबीच प्रतिस्पर्धा छ ।

गत वर्ष १५ फागुनमा डिआइजी र एसएसपीको सरुवा भएको थियो । सशस्त्रमा सामान्यता एक वर्ष कमाण्ड दिने परिपाटी छ ।

तर, समयमा सरुवा नहुँदा कमाण्डमा बसेकाहरु काममा भन्दा कमाउनतर्फ केन्द्रीत भएका छन् । अब उपनिर्वाचनपछि मात्र सरुवा हुने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077