Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हौसिएर एमालेसँग पार्टी एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड

    हौसिएर एमालेसँग पार्टी एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 357
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू पहिलेजस्तो अहिले हौसिएर कम्युनिष्ट एकताको पक्षमा नरहेको बताएका छन् ।

    नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘कम्युनिष्टहरुले जति बेला एकता र सहमतिको बाटोमा हिँडेको थियौँ देशभर उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेर दुई तिहाइ नजिक पुगेका थियौँ। विभाजित भएपछिको तिता अनुभव हामीले गरिसकेका छौँ । पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्षमा छैनौँ । हामीले त्यो बेलामा समय भन्दा अगाडि दौडिएछ भन्ने हेक्का राख्नुपर्छ । अहिले सहकार्य थालेका छौँ । राम्रो सहकार्य गरौँ यसबाट देश र जनतालाई राम्रो सेवा हुँदै गयो भयो राजनीतिक दलहरुबीच एकताको आधार तय हुन्छ ।’



    प्रधानमन्त्री प्रचण्डले अघिल्लोपटक हौसिएर कम्युनिस्टबीचको एकता दुर्घटनामा परेको भन्दै यसपटक सम्हालिएर अगाडि बढ्नुपर्ने बताए ।

    यसपटक राम्रो शुरूवात भएको भन्दै उनले विस्तारै सहकार्य र सहमतिको आधार तयार गर्नुपर्ने पनि बताए । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा अझै राम्रो संकल्प गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार