Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कास्की प्रहरीले खोजेपछि आफै हाजिर भए गुण्डा नाइके विक्रम लामा

    कास्की प्रहरीले खोजेपछि आफै हाजिर भए गुण्डा नाइके विक्रम लामा

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 2K
    SHARES

    पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध असुली र गुण्डागर्दीमा संलग्न रहेको भन्दै खोजी कार्य तिब्र पारेपछि गुण्डा नाइके विक्रम लामा आफै प्रहरी कार्यालयमा हाजिर भएका छन् ।

    प्रहरीदेखि गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेपछि कास्की प्रहरीले लामामाथि खोजी कार्य तिब्र पारिरहेका बेला उनी आफै कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले अनलाइन नेपालसँग बताए ।



    रेशम कुमाल नामका व्यापारीसँग मिलेर आर्थिक लेनदेनको विषयमा धम्की दिएका भन्दै केही पीडितहरुले बेनामे उजुरी पनि दिएको हुँदा लामामाथि थप अनुसन्धान र बयान लिने काम भइरहेको एसपी थापाले बताए ।



    लामाको विषयमा उजुरी आए थप कारबाही प्रकृया अगाडि बढाउने पनि एसपी थापाको भनाई छ ।

    लामामाथि क्रसर व्यवसायीसँग पैसा असुली तथा तनहुँको कोत्रेदेखि पोखरासम्म गुण्डागर्दी र हप्ता असुली गर्ने गरेको आरोप लाग्दै आएको छ । कुमालको ठगी धन्दामा उनले संरक्षण गर्दै आइरहेको प्रहरी स्रोतको भनाई छ ।

    पोखरामा बिक्रम लामाको गुण्डागर्दी र ज्यादती भित्रभित्रै बढ्दै गइरहे पनि पीडितहरु उजुरी दिन तयार नभएको प्रहरीको आशंका छ । हातहतियार, लागूऔषध तथा बैंक लुटपाट मुद्दामा सात वर्ष जेल सजाय भोगेर करिब दुई वर्षअघि छुटेका व्यक्ति हुन् लामा ।

    लामामाथि लेखनाथ र पोखरा आसपासका क्षेत्रमा जग्गा प्लटिङ, सडक निर्माणका ठेकेदारसँग धम्क्याएर पैसा उठाउने गरेका आरोप लाग्दै आएको छ ।

    लामाको समूहमा रहेका लक्ष्मण छन्त्याल लगायतका व्यक्तिहरुमाथि पनि प्रहरीले निगरानी बढाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार