Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्रममन्त्री अर्यालको आग्रह - वैदेशिक रोजगारीमा जानेलाई जहाज भित्र खानाको व्यवस्था गरौँ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।

सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा भएको छलफलमा मन्त्री अर्यालले यस्तो आग्रह गरेका हुन् ।

उनले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरे ।

उनले भने, 'वैदेशिक रोजगारीमा जाँदा घण्टौँसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरौँ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077