Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • माल्दिभ्सका राष्ट्रपति मुइज्जुको दललाई अत्यधिक बहुमत

    माल्दिभ्सका राष्ट्रपति मुइज्जुको दललाई अत्यधिक बहुमत

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 438
    SHARES

    फाइल तस्विर

    एजेन्सी । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ ।

    माल्दिभ्सको ९३–सदस्यीय संसद्मा राष्ट्रपति मुइज्जुको पिपल्स नेशनल कङ्ग्रेस (पिएनसी) ले ६७ स्थान जित्दै दुई तिहाई बहुमत आएको प्रारम्भिक नतिजामा देखिएको छ ।



    निर्वाचनको परिणाम औपचारिक रूपमा केही दिनपछि मात्रै घोषणा हुनेछ ।



    यसअघि संसद्मा बहुमत रहेको माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले निर्वाचनमा नराम्रो पराजय देखेको छ अर्थात् एमडिपीले केवल १५ सीट प्राप्त गरेको छ ।

    पिनएनसीको पक्षमा आएको परिणामलाई विश्लेषकरूले चीनसँग निकट सम्बन्ध राख्ने राष्ट्रपति मुइज्जुको नीति जनताबाट अनुमोदित भएको मानेका छन् ।

    धेरैले माल्दिभ्समा लामो समयदेखि पर्दै आएको भारतीय प्रभाव घटाउन चाहने मुइज्जुलाई ‘चीन निकट’ नेताका रूपमा हेर्छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार