Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

    पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 207
    SHARES

    कर्णाली । पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ ।

    फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा आज ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको हो । कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकास बारे विमर्श गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक डा. नवराज केसीले जानकारी दिए ।



    कर्णाली प्रदेश प्रमुख तिलक परियारले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । वीरेन्द्रनगर नगरपालिका र सुर्खेतमा अवस्थित विद्यालयहरूसँगको समन्वय र सहकार्यमा कर्णालीमा पहिलोपटक आयोजित महोत्सवमा ६०० पुस्तक प्रदर्शनी गरिने जनाइएको छ ।



    महोत्सव आयोजक समितिका सदस्य तथा लेखक माधव चौलागाईंका अनुसार महोत्सवबाट पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा सहयोग पुग्नेछ । रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार