Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दिपक मनाङेलाई एसएसपीको स्यालुट !

    दिपक मनाङेलाई एसएसपीको स्यालुट !

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 1.3K
    SHARES

    पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यवस्था मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले प्रदेश प्रहरी तालिम केन्द्र, ढुंगेसांघुको निरीक्षण गरेका छन् ।

    सोमबार दिउसो तालिम केन्द्र पुगेका मन्त्री गुरुङलाई तालिम केन्द्र प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) मुकुन्द मरासिनिले स्वागत गरेका थिए । स्वागतका क्रममा उनले स्यालुट हानेका थिए ।



    स्वागतका क्रममा एसएसपी मरासिनिले मन्त्री गुरुङलाई तालिम केन्द्र प्रवेश गर्ने बाटो जिर्ण रहेको र वर्षाकालमा आवत जावत गर्न समस्या रहेको जानकारी गराएका छन् ।



    जवाफमा मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको मनाङेको सचिवालयले जनाएको छ ।

    कुनै बेला गुण्डागर्दीमा कहलिएको नाम हो राजिव गुरुङ उर्फ दिपक मनाङे । तर, अहिले उनी प्रदेशको मन्त्री छन् ।

    हुनत यसअघि पनि उनी मन्त्री बनिसकेका थिए । २०७८ सालको बैशाखमा गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका थिए । गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार टिकाउनका लागि गुण्डा नाइकेको उपमा पाएका मनाङेलाई मन्त्री बनाएका थिए । जुन कुराले सामाजिक सन्जालमा पुरै केपी ओली सरकारको बिरोध भएको थियो

    ज्यान मार्ने उद्योगमा अदालतबाट कैद संजाय पाएका र विभिन्न अभियोग लागेका मनाङ्गेलाई प्रहरीले पटक–पटक पक्राउ गरी थुनामा राखेको थियो ।

    त्यतिबेला गण्डकी प्रदेश प्रहरीका डीआइजी घनश्याम अर्यालले स्यालुट गरेको फोटोले निकै चर्चा पाएको थियो । कहिले डन त कहिले गुण्डा नाइकेको उपमा पाएका मनाङ्गेविरूद्ध २०६१ मा अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको आरोप लागेको थियो । अहिले एसएसपी मरासिनीले मनाङेलाई स्यालुट गरेको फोटो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    काठमाडौं जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सजाय तोकेको थियो । पुनरावेदन अदालत पाटनले त्यही मुद्दामा पाँच वर्ष जेल संजाय तोकेको थियो । सर्वोच्च अदालतले पनि त्यही सजाय सदर गरेपछि उनी केही समय भूमिगत भएका थिए ।

    निर्वाचन जितेपछि हत्या अभियोगमा २०७५ वैशाख ६ गते थुनामा परेका मनाङ्गे २०७५ पुष ६ गते रिहा भएका थिए । १० वर्षभन्दा कम कैद सजाय भोग्नुपर्ने मुद्दामा हिरासत बाहिरबाटै लड्न पाउने कानुनी व्यवस्थाको उपयोग गर्दै मनाङ्गे थुनामुक्त भएका थिए ।

    सांसद बनेपछि पनि उनी विवादरहित रहन सकेनन् । २०७६ माघ ७ गते पोखरामा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थानमै झापड हानेका थिए । गुरुङलाई झापड हानेको आरोपमा मनाङ्गे पुनः थुनामा परेका थिए ।

    जमलमा डाइनेष्टी क्लव र ठमेलमा दोहोरी र डान्स रेष्टुरेन्टहरु संचालन गर्ने दीपक मनाङ्गे पूर्वयुवराज पारस शाहका पनि अति निकट थिए ।

    अपराधिक गतिबिधिमा लागेबापत पटक–पटक संजाय भोग्दैआएका मनाङ्गे सुरुमा नेपाली कांग्रेसमा लागेका थिए । कांग्रेस छाडेर राप्रपामा लागे । २०७४ को निर्वाचनमा उनी एमालेमा लागे ।

    मनाङको प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएपछि एमालेको चर्को बिरोध भएकाले उनलाई फिर्ता लिन लगाई स्वतन्त्र उम्मेदवारी दिन लगाइयो । त्यतिबेला उनले सहजै चुनाव जिते ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार