Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इलाम पुगेर शेखर कोइरालाले भने – कांग्रेस सधैं पहिचानको पक्षमा छ

    इलाम पुगेर शेखर कोइरालाले भने – कांग्रेस सधैं पहिचानको पक्षमा छ

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 255
    SHARES

    इलाम । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टी सधैं पहिचान र प्रतिनिधित्वको पक्षमा रहेको बताएका छन् ।

    मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए।



    नेता कोइरालाले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गरे । उनले पहिचान चाहनेहरूले कांग्रेस उम्मेदवार डम्बर खड्कालाई मत दिनुपर्ने उल्लेख गरे ।



    नेता कोइरालाले भने,‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरू विराटनगर जानुभएको थियो । मैले उहाँहरूलाई पहिचानको मुद्दामा संवेदनशील रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ । अर्को कुरा पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ ।’

    सम्बोधनको क्रममा कोइरालाले अन्य दलहरू आफ्नो दल र नेताभन्दा माथि उठ्न नसकेको र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन् भन्ने कुरा लिएर हिंडेका उल्लेख गरे ।

    नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चिया बगानमा काम गर्ने श्रमिकहरूका लागि समान ज्याला र हकहितका पक्षमा कांग्रेसले काम गर्ने प्रतिवद्धता जनाए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार