Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

महोत्तरीमा भीषण आगलागी हुँदा सयौं घर खरानी

महोत्तरी । महोत्तरीको मटिहानीस्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।

गाउँको करिब १ सय घरमा आगो सल्किएको हो । करिब एक घण्टा अगाडि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेका छन् ।

आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट बारुणयन्त्र पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077