Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल जेल चलान

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल जेल चलान भएका छन् । अवैध सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा बिशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अवैध सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

उनीसँग २३ करोड ७५ लाख अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार मुद्दा दायर गरेको हो ।

उनले प्रमाण नष्ट गर्न सक्ने तथा पैसा लुकाउनसक्ने भन्दै अदालतले थुनामा पठाएको हो ।

उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो । नेसनल पेमेन्ट गेटवेसम्बन्धि भ्रष्टाचार मुद्दामा पनि उनी दोषी ठहर भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077