Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : लिभरपुललाई एभर्टनको धक्का

एजेन्सी । प्रिमियर लिग फुटबलमा लिभरपुल एभर्टनसँग पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा घरेलु मैदानमै एभर्टनसँग लिभरपुल २–० ले पराजित भएको हो ।

एभरटनसँग पराजित हुँदा लिभरपुललाई उपाधि होडमा धक्का पुगेको छ । एभरटनलाई हराएर शीर्षस्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका लिभरपुलले गुमाएको छ।

एभर्टनको जितमा जाराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले गोल गरे।

अङ्क तालिकामा ३४ खेलमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ । समान खेलमा लिभरपुलको ७४ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077