Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेरो निस्वार्थ सहयोगमाथि प्रचण्डले कुठाराघात गरे : बाबुराम भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखा २ पुष्पकमल दाहाल प्रचण्डलाई छोड्नु आफ्नो गम्भीर गल्ती भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक संञ्जालमा लेख्दै गोरखा २ बाट आफै उम्मेदवार नबनेर गम्भीर गल्ती गरेको बताएका हुन् । अध्यक्ष भट्टराईले सत्ता स्वार्थका लागि प्रचण्डले जनयुद्धका त्याग र बलिदानमाथि खेलबाड गरेको आरोप लगाए ।

अध्यक्ष भट्टराईले लेखेका छन्, ‘मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम/दान/दण्ड/भेदको दुष्चक्रमा फस्दै गएको उनको निष्कर्ष छ।

उनले आफूले असल मनसायले दाहालका लागि गोरखा छोड्दा गलत परिणाम आएको उल्लेख गरेका छन् ।

निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको र उल्टै आफूले निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077