Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेर्पालाई ३० लाख र चौधरीलाई १० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसभासद् आङ्टावा शेर्पा र अर्का आरोपी गोविन्द कुमार चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

दुबै जना यसअघि उच्च अदालत पाटनको आदेशले थुनामा रहेका थिए ।

अदालतले शेर्पासँग ३० लाख र चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077