Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धरौटीमा छुटेलगत्तै दिपेश पुन सीआईबीको नियन्त्रणमा

रुपन्देही । सहकारी ठगी प्रकरणमा चार लाख धरौटी बुझाएर छुटेका दीपेश पुन रिहा भएलगत्तै पक्राउ परेका छन् ।

शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत् सीआईबीको जिम्मा लगाइएको हो।

रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई जिल्ला अदालत रूपन्देहीले गत वैशाख ७ गते चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिए पनि उनी धरौटी रकम जम्मा नगरी जिल्ला कारागार रूपन्देहीमा रहेका थिए।

सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिए पनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले सिआइबीले पुनः पक्राउ गर्ने सुइँको पाएपछि धरौटी जम्मा नगरेका पुनलाई गत वैशाख ७ गते नै कारागार चलान गरिएको थियो।

शुक्रबार भने सहकारी ठगी प्रकरणमा अदालतले तोकेको चार लाख रुपैयाँ धरौटी बुझाएपछि सिआइबीको जिम्मा लगाइए प्रहरी स्रोतले बतायो ।

सहकारीका १० हजार बढी बचतकर्ताहरूको ९६ करोड बढी रकम ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले पुन र सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङसहित २८ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077