Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

'सिधाकुरा' लाई प्रेस काउन्सिलको निर्देशन - २४ घण्टाभित्र भ्रामक अडियो हटाउनू

काठमाडौँ । प्रेस काउन्सिल नेपालले एक्सक्लुसिभ भन्दै 'सिधाकुरा डटकम'ले सम्प्रेषण गरेको भ्रामक सामग्रीको अडियो २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।

सिधाकुरा डटकमले एक्सक्लुसिभ भन्दै ‘४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टीङ अपरेशन, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए’, शीर्षक अतिरञ्जित सामग्री आज बिहान प्रसारण गरेको थियो ।

काउन्सिलले शुक्रबार अपरान्ह त्यसलाई २४ घण्टाभित्र हटाई जानकारी दिनुका साथै त्यसको जवाफ पेस गर्नसमेत सिधाकुरा डट कमलाई निर्देशन दिएको हो ।

उक्त समाचारमा नाम जोडिएका अन्नपूर्ण मिडिया नेटवर्का अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शुक्रबार दिउँसो काउन्सिलमा उजुरी दिएका थिए । उक्त उजुरी छानबिन गरी काउन्सिलले सामग्री भ्रामक भएकाले हटाउनका लागि निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077