Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको निर्देशन - आगलागी र डढेलो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्नू

काठमाडौं । आगलागीबाट घरबास गुमाएका पीडितले खान, बस्न नपाएको गुनासो गरिरहँदा सरकारले तत्काल राहत, उद्धार तथा व्यवस्थापनको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

शुक्रबार गृह मन्त्रालयमा बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिएका हुन् ।

कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अरु विपद्मा परेकालाई तत्काल राहतका लागि ढिलाइ नगर्न सरकारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

गृहमन्त्री लामिछानेले आगलागी र डढेलो नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाले पहल गर्नुपर्ने बताए । केही दिनयता तापक्रम बढेसँगै देशभरि डढेलो र आगलागीका घटना बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077