Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खरबारीबाट सल्केको आगोले २४ घर जले

दाङ । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागीले अरू १० वटा गोठसमेत जलेर नष्ट भएको राजपुर–७ का वडाध्यक्ष पुष्कर वलीले बताए । गाउँमा रहेका २५ वटा घरमध्ये २४ वटा जलेर नष्ट भएका हुन् ।

आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले छाएर बनाएको मानबहादुर गिरीको घरबाहेक सबै घर जलेका हुन् ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077