Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई पराजित गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले पराजित गरेको हो ।

सिटीका लागि जोस्को ग्भार्डियोल र एर्लिङ हालान्डले एक–एक गोल गरे । जितसँगै सिटी ३४ खेलमा ७९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रिमियर लिगमा आर्सनल ३५ खेलमा ८० अङ्कसहित शीर्ष स्थानमा छ ।

तेस्रो स्थानमा रहेको लिभरपुलको ७५ अङ्क छ । म्यानचेस्टर सिटी लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077