Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रामेछापका लागि उडेको सिता एयरको जाहाज काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट रामेछापका लागि उडेको सिता एयरको जहाज पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ । विमानको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो । उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077