Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

एकै दिन दुईवटा जहाज र हेलिकप्टरमा समस्या, आकस्मिक अवतरण

काठमाडौं । आज मात्रै दुईवटा जहाज र एक हेलिकप्टरमा समस्या देखिएको छ । सिता एयर र बुद्ध एयरको जहाज तथा सिम्रिक एयरको हेलिकप्टरमा समस्या देखिएपपछि आकस्मिक अवतरण नै गर्नु परेको विमानस्थल कार्यालयले जनाएको छ ।

सोमबार बिहान काठमाडौंबाट लुक्लाका लागि उडेको सिम्रिक एयरको नाइनएन एकेडी हेलिकप्टरको इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि धुलिखेलमा आकस्मिक अवतरण गर्नु परेको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएर जाँच गर्नुपर्छ । सोही सिलसिलामा सिम्रिकको जहाज धुलिखेलमा रोक्नु परेको थियो । यद्यपी ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।

त्यसैगरी काठमाडौंबाट रामेछापका लागि उडेको सिता एयरको जहाज पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ । विमानको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको विमानस्थलका प्रवक्ता झाले जानकारी दिए ।

सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो । उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ ।

त्यस्तै काठमाडौंबाट बनारस उड्ने तयारी गरेको बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्याको संकेत आएपछि जहाज पुनः पार्किङ वेमा फर्काउनु परेको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता झाका अनुसार इण्डिकेटरले प्राविधिक समस्याको संकेत गरेको थियो । सोही कारण यो जहाज उड्दै नउडी पार्किङमा फर्काइएको हो । ‘सामान्यतया समस्याको सानो संकेत पाउँदा पनि पाइलटले जोखिम लिँदैनन्,’ उनले भने–‘यो सोही प्रक्रिया हो ।’ हवाई उडान सुरक्षित गराउन यस्तो गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077