Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजपुर गाउँपालिकाका २७ घरमध्ये २५ घर जल्यो, पीडितहरुको विचल्ली

दाङ । जिल्लाको राजपुर गाउँपालिकामा २५ वटा घर जलेको छ। गाउँपालिकाको वडा नम्बर ७ हाडबासस्थित खरबारीबाट सल्केको आगोले २५ घरसँगसँगै घरमा रहेको लत्ताकपडा र अन्नपात पनि जलेको छ।

आइतबार बिहान साढे १० बजेतिर आगलागी भएको थियो। वडा कार्यालयका अनुसार वडाका २७ घरमध्ये २५ घर जलेर नष्ट भएको छ। गाउँका जम्मा दुई घर मात्रै जोगिएका छन्। यी घर जस्तापाताले छाएको र आगलागी भएको ठाउँभन्दा केही टाढा थियो। जलेका सबै घर खरले छाएका थिए।

आगलागीबाट ७९ जना मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। वडासदस्य प्रमोद बस्नेतका अनुसार त्यसमा ८ जना बालबालिका छन्। १८ वर्ष मुनिका २० जना र अन्य उमेर समूहका ५३ जना प्रत्यक्ष प्रभावित भएको उनले बताए।

गाउँका २५ घर जलेपछि पीडित बारीमा बस्न बाध्य छन्। गाउँ नजिकैको खरबारीमा आगो सल्केको थियो।

हावा चलेको हुँदा आगो नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन्। खरबारीबाट सुरूमा स्थानीय सीता भण्डारीको घरमा आगो लागेको थियो।

आगो निभाउन लमही नगरपालिका र गढवा नगरपालिकाबाट एक–एक वटा दमकल गएको थियो। तर बाटो साँघुरो हुँदा बस्तीमा पुग्न पाएको थिएन।

आगलागीबाट घरपालुवा पशुचौपाया पनि मरेका छन्। त्यसको पूर्ण विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077